काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले अवितरित १० लाख ९४ हजार ४७१ दशमलव १८७ कित्ता अवितरित हकप्रद शेयर विक्रीमा ल्याएको छ । कम्पनीले वैशाख २० गतेदेखि जेठ ३ गतेसम्म संस्थापक तर्फको उल्लेखित कित्ता शेयर लिलामीमा ल्याएको हो ।
यी शेयर खरीदका लागि इच्छुक व्यक्ति तथा संस्थाहरूले तोकिएको अवधिभित्र आवेदन पेश गर्नुपर्नेछ । प्रतिशेयर १०० रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।
यी शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ७२ करोड ९४ लाख ९६ हजार रूपैयाँ रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले १ अर्ब ३१ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी भने कम्पनीको २४ पैसा रहेको छ ।