शीर्षकहरू

मेरो माइक्रोफाइनान्सको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत

मेरो माइक्रोफाइनान्सको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक तर्फको शेयर स्वामित्व १० प्रतिशत सर्वसाधारणमा परिणत गरेको हो ।

यस अघि संस्थापक तर्फ कायम रहेको ६० दशमलव ४० प्रतिशत स्वामित्व घटाएर ५९ दशमलव ४० प्रतिशत कायम भएको हो । सर्वसाधारणमा १० प्रतिशत शेयर संस्थापकबाट परिणतभएसँगै सर्वसाधारणतर्फ ४० दशमलव ६० प्रतिशत शेयर स्वामित्व कायम भएको छ । 

परिवर्तित शेयर संरचना अनुसार कम्पनीले नेपाल स्टक एक्सचेञ्जमा अभिलेख गर्न अनुरोध गरेसँगै कुल शेयरसंख्या १ करोड ३२ लाख कित्तामध्ये संस्थापक तर्फ ७८ लाख ४० हजार ८०० र सर्वसाधारणतर्फ ५३ लाख ५९ हजार २०० कित्ता अभिलेख गरिएको जानकारी नेप्सेले दिएको छ ।