शीर्षकहरू

लक्ष्मी टेक्नो प्लाष्टले आईपीओ निष्कासन गर्ने

लक्ष्मी टेक्नो प्लाष्टले आईपीओ निष्कासन गर्ने

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधारणमा अंकित मूल्यमै आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि कम्पनीले जेठ १६ गते विशेष साधारण सभा बोलाएको छ । 

वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय हेटौडा, मकवानपुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले चुक्तापूँजी बढाउने र सर्वसाधारणमा अंकित मूल्यमै आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले प्लाष्टिकबाट विभिन्न सामाग्रीहरू उत्पादन गरी विक्री वितरण गर्दै आएको छ ।