शीर्षकहरू

ठमेल प्लाजा होटलले आईपीओ निष्कासन गर्ने

ठमेल प्लाजा होटलले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पािरतका लागि जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ । जेठ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय, ठमेल, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

आईपीओ निष्काससँगै हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । आईपीओ र हकप्रद निष्कासनको लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि जेठ १५ गतेदेखि जेठ १९ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा जेठ १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।