शीर्षकहरू

सेबोनमा अध्यक्ष नहुँदा आईपीओ निष्कासन ठप्प, २७ अर्ब ९३ करोडको पाइपलाइनमा

सेबोनमा अध्यक्ष नहुँदा आईपीओ निष्कासन ठप्प, २७ अर्ब ९३ करोडको पाइपलाइनमा

काठमाडौं । गत फागुनदेखि नेपाल धितोपत्र बोर्डमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन हुन सकेको छैन । बोर्डका कार्यकारी प्रमुख (अध्यक्ष) नहुँदा लामो समयदेखि अर्बौँको आईपीओ निष्कासन हुन नसकेको हो । 

गत फागुन २० गतेदेखि हालसम्म १७ करोड ३ लाख ३४ हजार ४७ कित्ता आईपीओ पाइपलाइनमा रहेको छ । जुन २७ अर्ब ९३ करोड ४४ लाख ३७  हजार २ सय ३३ रुपैयाँ बराबरको हो । 

पाइपलाइनमा रहेका कम्पनीहरूमा डिस मिडिया नेटवर्क लिमिटेड रहेको छ । यस कम्पनीको १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ कित्ता शेयर पाइपलाइनमा रहेको छ । 

त्यस्तै, याम्बलिङ हाइड्रोपावर लिमिटेडको २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता, एपेक्स हस्पियालिटि लिमिटेडको २४ करोड बराबरको २४ लाख कित्ता शेयर रहेको छ । यसका साथै यास वाइ प्यानेल नेपाल लिमिटेडले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ शेयर जारी गर्नका लागि सेबोनको अनुमतिको पर्खाइमा रहेको छ । 

नेपाल धितोपत्र बोर्डका अनुसार र्वोचिड होल्डीङ लिमिटेडको ११ अर्ब ५ करोड रुपैयाँ बराबर ११ करोड ५ लाख कित्ता, विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता र रिजडलाइन इनर्जी लिमिटेडको ५८ करोड ४ लाख २० हजार १ सय रुपैयाँ बराबरको ५८ लाख ४ हजार २ सय १ कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् । 

लाफिङ बुद्ध पावर नेपाल लिमिटेडको ६५ लाख ७७ हजार कित्ता रहेको छ । जसको मूल्य ६५ करोड ७७ लाख रुपैयाँ रहेको छ । ह्याम्स हस्पिटल लिमिटेडको ३२ करोड ४० लाख रुपैयाँ बराबरको ११ लाख २५ हजार कित्ता र शौर्य सिमेन्ट इन्डीष्ट्रीज लिमिटेडको ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार ५ सय ६५ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८१ हजार ५०० कित्ता रहेको छ । 

अन्नपूर्ण केबलकारको ३१ लाख रुपैयाँ बराबरको ३१ लाख कित्ता, बरुण इन्भेष्टमेन्ट लिमिटेडको २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता,  मारुती सिमेन्ट लिमिटेडको ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर निष्काशनमा आउने भएको छ ।  

कालिन्चोक हाइड्रोपावर लिमिटेडको ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता र रिलाइन्स स्पिनिङ मिल लिमिटेडको ९४ करोड ८८ लाख ११ हजार ९ सय ६८ रुपैयाँ बराबरको ११ लाख ५५ हजार ९ सय ६० कित्ता शेयर निष्कासनका लागि सेबोनमा पाइपलाइनमा रहेका छन् ।  

प्रतिकित्ता एक सय रुपैयाँमा स्वस्तिक लघु वित्तीय संस्था लिमिटेडको ८० हजार कित्ता, हिम रिभर पावर लिमिटेडको २६ लाख ६० हजार कित्ता, पिवर इनर्जि लिमिटेडको १६ लाख कित्ता, लोवर इर्खावा हाइड्रोपावर कम्पनी लिमिटेडको २८ लाख ५ हजार ७ सय ५० कित्ता, एक्वार्ड फार्मसेटिक्वालस लिमिटेडेको ७ लाख ६ हजार ९ सय ९ कित्ता, ट्रेड पावर लिमिटेडको ११ लाख ५८ हजार ९ सय ८० कित्ता, सानिमा हाइड्रोपावर लिमिटेडको १४ लाख ७० हजार कित्ता, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडको ७ लाख ५० हजार कित्ता, आईएमई लिमिटेडको १० लाख कित्ता र भुजुङ हाइड्रोपावर लिमिटेडको १४ करोड ५५ लाख कित्ता शेयर निष्कासनको तयारी रहेको छ । 

त्यसैगरि, जगदम्बा स्टिल लिमिटेडको २० करोड ७ लाख ७० हजार कित्ता शेयर निष्कासन हुने भएको छ । जसको मूल्य ६० करोड २१ लाख रहेको छ । साथै सोलु हाइड्रोपावर लिमिटेडको २० करोड रुपैयाँ बराबरको २ करोड कित्ता र सान्भी इनर्जि लिमिटेडको ३७ लाख ९० हजार कित्ता आईपीओ ल्याउन सेबोनको अनुमतिको पर्खाइमा रहेका छन् । 

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको ११ लाख १९ हजार कित्ता ल्याउँदै छ भने रिचेट जलविद्युत कम्पनी लिमिटेडको ११ लाख ७६ हजार ४ सय ५० कित्ता र होटल फरेस्ट लिमिटेड इन लिमिटेडको ९८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । यसबाहेक मविलुङ यानर्जी लिमिटेड १८ लाख ९० हजार ५ सय ३० कित्ता शेयर रहेको छ । जसको सियर मूल्य १८ करोड ९० लाख ५३ हजार रहेको छ । 

सेबोनका अनुसार टक्सर पिख्वा खोला हाइड्रोपावर लिमिटेडको ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६ सय ६८ कित्ता, धर्मखोला हाइड्रो इनर्जि लिमिटेडको ३९ लाख ५० हजार कित्ता, बेनि हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको २० लाख ८० हजार कित्ता आईपीओ बजारमा आउने तयारी रहेको छ । यी कम्पनीहरू पनि सेबोनको अनुमतिको पर्खाइमा रहेका छन् ।