शीर्षकहरू

क्रेस्ट माइक्रो लाइफकाे शेयर एनआइएमबी एस क्यापिटलले बिक्री गर्ने

क्रेस्ट माइक्रो लाइफकाे शेयर एनआइएमबी एस क्यापिटलले बिक्री गर्ने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता गरेको छ । कम्पनीले इन्स्योरेन्सको तर्फबाट एनआइएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्झौता गरेको हो । 

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ । सभाबाट पारित भइसकेको भए बमोजिम सर्वसाधारणलाई छुट्टाइएको साधारण शेयर निष्कासनको प्रक्रियागत कार्य सम्पन्न गर्नको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट एनआइएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो ।

उक्त सम्झौता पत्रमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र एनआएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका छन् ।