हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

७ बैशाख २०८१

cover image

हुम्ला । हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ । सङ्घले निर्धारण गरेको अधिकांश सामानको रु पाँचदेखि रु ५० सम्म मूल्य घटेको छ भने खसीको मासुको मूल्य रु एक सय बढीले घटेको जनाइएको छ ।  

सिमकोट बजारमा दैनिक उपभोग्य हुने सामानको हुम्ला उद्योग वाणिज्य सङ्घले गरेको मूल्य निर्धारण गरेसँगै सम्पूर्ण व्यवसायीलाई मूल्य सूची वितरण गरिएको छ । सङ्घले वितरण गरेअनुसार नै मूल्य कार्यान्वयन गरिएको व्यवसायी बताउँछन् ।  

सिमकोट बजारमा थोक व्यवसाय गर्दै आएका व्यवसायीले खुद्रा सामान बिक्री नगर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताए । उनका अनुसार मासु जन्यपदार्थको वितरण तथा खुद्रा मूल्यसमेत निर्धारण गरिएको हो । व्यवसायीलाई दैनिक उपभोग्य वस्तुको मूल्य सूची बनाएर वितरण गरिएसँगै एकरुपता आउने विश्वास लिइएको भण्डारीले बताए ।  

वोइलर कुखुराको मासु, माछा र वँगुरको मासु प्रतिकेजी रु सात सय, अण्डाप्रति गोटा रु ३०, प्रतिक्यारेट रु सात सय ५० र रागाँको मासु प्रतिकेजी रु सात सय ५० निर्धारण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । जिउँदो खसीको प्रतिकेजी रु छ सय ५०, खसीको मासु मिक्स प्रतिकेजी रु एक हजार र खसीको नेट मासुको रु एक हजार एक सय निर्धारण गरिएको छ । 

दैनिक उपभोग्य वस्तुमा धारा तेल तीन सय ७०, सन फलावर तीन सय सय, स्वास्तिक प्रतिलिटर दुई सय ८०, डाल्टा घ्यू दुई सय ८०, चिनी प्रतिकेजी एक सय ७०, चिउरा प्रतिकेजी दुई सय मूल्य तोकिएको छ ।  

अन्य उपभोग्य वस्तुमा पनि मूल्य निर्धारण गरिएको भन्दै अधिकांश वस्तुको मुल्य घटेको उनले बताए । मूल्य सूचीमा कायम भएअनुसार नै व्यापारीले सामग्री विक्रिवितरण गरेमा बजारमा एकरुपता कायम आउने उनको भनाइ छ ।   

Image

तेह्रौँ, सत्रौँ र अठारौँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ । ती मूर्तिकला धातु, काठ...

Image

उनले सञ्चारजगत लगायत सबैमा प्रेस स्वतन्त्रता दिवसको शुभकामना पनि दिएकी छन्।

Image

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका ...

Image

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विदेशी विनियम सटही गर्न न...

Image

प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए...

Image

जिल्ला बाहिरकालाई प्रतिव्यक्ति रु दुई हजार पाँच सय र जिल्ला भित्रकालाई प्रतिव्यक्ति रु दुई हजार यार्...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४