शीर्षकहरू

गाजामा मारिने प्यालेस्टाइनीको संख्या २८ हजार नाघ्यो

गाजामा मारिने प्यालेस्टाइनीको संख्या २८ हजार नाघ्यो

एजेन्सी । इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीको सङ्ख्या २८ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११७ प्यालेस्टाइनीहरूजि मृत्यु भएको छ । १५२ जना घाइते भएका छन् ।

यो सँगै गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि ज्यान गुमाउनेको कुल सङ्ख्या २८ हजार ६४ पुगेको छ भने घाइतेको सङ्ख्या ६७ हजार ६११ पुगेको छ । 

इजरायली सेनाले गाजाको दक्षिणी भागमा रहेको रफाह शहरमा शुक्रबार रातिदेखि हवाई आक्रमण गरेको छ जसमा कम्तीमा २८ जनाको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले उल्लेख गरेको छ ।

शुक्रबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सेनालाई रफाहमा हमास ब्रिगेडका बाँकी रहेकाहरूलाई हटाउनको लागि भूमिगत अपरेशनको योजना तयार गर्न निर्देशन दिनु भएको थियो ।