चीनको औद्योगिक उत्पादन वृद्धि

१८ चैत्र २०८०

cover image

एजेन्सी । चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलो पटक वृद्धि भएको आइतबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन वृद्धि गर्ने चिनियाँ प्रयासले सकारात्मक सङ्केत गरेको नीति निर्माताहरूले बताएका छन्।

चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पीएमआई सूचाङ्क मार्च महिनामा ५०.८ देखिएको छ। चिनियाँ तथ्याङ्क ब्यूरो (एनबीएस)का अनुसार यो सूचाङ्क गत फेब्रुअरीमा ४९.१ विन्दुमा रहेको थियो।

पीएआई सूचाङ्क ५० भन्दा बढी हुनु भनेको औद्योगिक उत्पादनमा वृद्धि भएको सङ्केत हो। यसअघि चीनको पिएमआई गत सेप्टेम्बरमा मात्र देखिएको थियो। ब्लूमबर्गले गरेको सर्वेक्षणले पनि मार्च महिनामा चीनको औद्योगिक उत्पाद वृद्धि हुने देखाएको थियो।

कोभिड महामारीका वर्षहरूमा कडा नियम लागू गरेको चीनमा पछिल्ला वर्षहरूमा घरजग्गा कारोबारमा निरन्तर सङ्कट, उच्च युवा बेरोजगारी र मुद्राप्रदायमा दबाब समेतका समस्या देखिएका थिए। अर्कोतिर विश्वभर नै कमजोर मागका कारण चिनियाँ सामानको माग पनि घटेको थियो।

बेइजिङले मार्च महिनाको सुरुमा सन् २०२४ मा वार्षिक वृद्धि पाँच प्रतिशत हासिल गर्ने लक्ष सार्वजनिक गरेको थियो, तर यो वृद्धिको लक्षलाई धेरै अर्थशास्त्रीले महत्वाकांक्षी भन्दै चीनको आलोचना गरेका थिए। 

चिनियाँ अधिकारीहरूले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न उपायहरू घोषणा गरेका थिए जसबाट मिश्रित परिणामहरू हासिल भएका थिए। तर एउटा सकारात्मक पाटोका रूपमा फेब्रुअरी महिनामा उपभोग्य मूल्यमा सामान्य वृद्धि भएको थियो।

चीनको गैर–औद्योगिक उत्पादनको पिएमआई सूचाङ्क भने मार्चमा सुधार भएर ५३ विन्दुमा पुगेको छ। अघिल्लो महिना यस्तो पिएमआई ५१।४ विन्दुमा रहेको थियो। गत वर्ष चीनको औद्योगिक वृद्धिमा तीव्र निराशाजनक अवस्था रहेको थियो। दशककै सबैभन्दा कमजोर अवस्थामा अर्थतन्त्रको वृद्धि भएपछि सरकारले श्रृंखलाबद्ध रूपमा आर्थिक राहत प्याकेज घोषणा गरेको थियो।

आधिकारिक विवरणमा सन् २०२३ मा चीनको कूल गार्हस्थ्य उत्पादन ५.२ प्रतिशत रहेको थियो। तर यस वृद्धिलाई अर्थशास्त्रीहरूले चीनले बढाइचढाइ गरेको दाबी गरेका थिए। चीनको यो वृद्धि सन् १९९० को दशक र कोभिड महामारीका वर्षहरूपछि सबैभन्दा कमजोर थियो।

Image

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा रहेको छ भने विक्रीदर १६६ रुपैयाँ ४७ पैसा रहेको छ...

Image

विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गरी नीति ल्याइने उनले...

Image

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३९ हजार ३ सय रुपैयाँ रह...

Image

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६६ रुपैयाँ ३५ पैसा रहेको छ भने विक्रीदर १६७ रुपैयाँ १० पैसा रहेको छ...

Image

उनले भने, “बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनज...

Image

नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए । पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनको भनाइ छ । उ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४