शीर्षकहरू

आशा लघुवित्तको वितरणयोग्य नाफा करिब ५ करोड बढ्यो

आशा लघुवित्तको वितरणयोग्य नाफा करिब ५ करोड बढ्यो

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ८८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष १७ दशमलव ४८ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म ३ करोड ३० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा १२ करोड ३३ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा ७ करोड ६५ लाख रूपैयाँभन्दा बढी रहेको थियो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज घटेसँगै खुद नाफा बढेको हो । गत वर्ष ४ करोड ९ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष २ करोड ४८ लाख रूपैयाँभन्दा बढी भएको हो । 

हाल कम्पनीको चुक्तापूँजी ६४ करोड १६ लाख १६ हजार रूपैयाँ रहेको छ । रिटर्न अर्निग १२ करोड ३३ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने २५ करोड ५१ लाख रूपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म ६ अर्ब ३ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ९ अर्ब ७३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । 

निक्षेप संकलन भने २ अर्ब ८५ करोड रूपैयाँभन्दा बढी भएको छ । निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ९३ प्रतिशत रहेकोमा यस वर्ष ४ दशमलव ९५ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ८ रूपैयाँ शून्य ७ पैसा रहेको छ ।