शीर्षकहरू

५ अर्बको नागरिक बचत पत्र बिक्री गर्दै सरकार

५ अर्बको नागरिक बचत पत्र बिक्री गर्दै सरकार

काठमाडौं। सरकारले ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र बिक्री गर्ने भएको छ । अर्थ मन्त्रालयअन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबार सूचना जारी गर्दै वैशाख ३० गतेदेखि इच्छुक खरिदकर्ताले बचतपत्र खरिदका लागि अनलाइनमार्फत् आवेदन पेस गर्न सक्ने जनाएको छ ।

जेठ ३० गतेसम्म बिक्री हुने यस बचत पत्रको निष्कासन असार ४ गते हुने कार्यालयले जनाएको छ ।

बचत पत्रको किसिम स्टकका रुपमा जारी हुने बताइएको छ । आवेदन रकम भुक्तानीका लागि बचत पत्र  निष्कासन हुने दिन असार ४ गते दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाले आवेदकको खातामा खर्च लेखी नेपाल सरकारको खातामा जम्मा गर्नुपर्ने कार्यालयले जनाएको छ ।

अर्थवार्षिक रुपमा ८ प्रतिशत वार्षिक व्याजदर रहने बचत पत्र खरिदका लागि घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

गैरआवासीय नागरिक (एनआरएनए)सहित नेपाली नागरिकले खरिद गर्न सक्ने यो बचत पत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने र जुनसुकै समयमा दोस्रो बजारमार्फत् खरिद गर्न सकिने छ ।