शीर्षकहरू

आज कुन विदेशी मुद्राको विनिमयदर कति छ?

आज कुन विदेशी मुद्राको विनिमयदर कति छ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबार)का लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलर, युरो र पाउन्डसहित अधिकांश मुद्राको विनिमयदर बढेको छ ।

आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३९ पैसा कायम भएको छ ।  हिजो अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३२ पैसा थियो। 

यस्तै हिजो खरिदर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७९ पैसा रहेको युरोपियन युरो एकको खरिददर  १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २० पैसा निर्धारण भएको छ ।

यसैगरी आज एक बेलायती पाउन्डको खरिददर १६९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा कायम भएको छ । हिजो बेलायती पाउन्ड एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १७० रुपैयाँ ०५ पैसा थियो।