शीर्षकहरू

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हकप्रद शेयर निष्कासन गर्ने घोषणा गरेको छ ।

कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले १०० बराबर १५ अनुपात अर्थात हल कायम १०० कित्ताबापत नयाँ १५ कित्ताका दरले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले सो दरमा हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ । हकप्रद पछि कम्पनीकोे चुक्ता पूँजी २ अर्ब ४१ करोड ५० लाख रूपैयाँ पुग्नेछ ।