शीर्षकहरू

बैंक वित्तीय संस्था र कर्मचारीको सुरक्षा गर्न सरकारसँग माग

बैंक वित्तीय संस्था र कर्मचारीको सुरक्षा गर्न सरकारसँग माग

काठमाडौं । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंक संघले बैंक वित्तीय संस्था र त्यहा कार्यारत कर्मचारीमाथि भइरहेको आक्रमणको निन्दा गरेको छ । सोमबार वित्तीय संस्थाका छाता संस्था तीन वटा संस्थाले संयुक्त विज्ञप्ति प्रकाशित गरी केही व्यक्ति र समूहले स्वार्थपूर्ति गर्ने उद्देश्यले गरेका क्रियाकलाप प्रति निन्दा गरेका हुन् । 

जारी विज्ञप्तिमा भनिएको छ,‘प्रचलित ऐन कानून बमोजिम स्थापित संस्थाहरुले सहज रुपमा कारोबार गर्ने अधिकारबाट बञ्चित हुनु परेको छ । यस्ता अवाञ्छित गतिविधिहरुलाई तत्काल नियन्त्रमा लिई सजह रुपमा सेवा गर्ने बातावरण गरियो ।’