शीर्षकहरू

यस्तो छ अर्थमन्त्री पुनको सम्पत्ति विवरण

यस्तो छ अर्थमन्त्री पुनको सम्पत्ति विवरण

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार अर्थमन्त्री पुनसंग ३३ लाख ७० हजार ६ सय १८ रूपैयाँ नगद बैंकमा रहेको देखिन्छ ।  

उनको रोल्पा नगरपालिका ७ मा ८२० वर्गमिटर क्षेत्रफलको जमिन रहेको छ । उक्त जमिन पैतृक सम्पत्ति भएको उल्लेख छ । साथै अर्थमन्त्री पुनसंग पार्टीको सम्पत्तिकोरुपमा हलुका सवारी साधन एक वटा रहेको समेत विवरणमा उल्लेख छ ।