शीर्षकहरू

राष्ट्रिय सहकारी बैंकका यी शाखा कार्यालय आज खुल्ला हुने

राष्ट्रिय सहकारी बैंकका यी शाखा कार्यालय आज खुल्ला हुने

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका १६ शाखा कार्यालय आज बिहीबार खुल्ला रहने भएका छन् । सरकारले आज बुद्ध जयन्ती/उभौली पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । बिदाको दिन पनि राष्ट्रिय सहकारी बैंकका विभिन्न शाखा कार्यालयहरू खुल्ला रहने भएका हुन् । 

कोशी प्रदेशका दमक, विराटनगर, फिदिम शाखा कार्यालय आज खुल्ला रहने भएका छन् । यसका साथै मधेस प्रदेशका जनकपुर र हरिवन, बागमतीका कालीमाटी, सुर्यविनायक, लगनखेल, नारायणगोपाल चोक र टाडी कार्यालयहरू खुल्ला रहने भएका छन् । दमौली, बागलुङ, कोहलपुर, बुटवल, दैलेख र धनगढीका शाखा कार्यालयहरू पनि आज खुल्ला रहने भएका छन् । 

यी शाखा कार्यालयहरू आज बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म खुल्ला रहने राष्ट्रिय सहकारी बैंकले सूचना मार्फत जानकारी गराएको छ ।