शीर्षकहरू

कुमारी सबल योजनाको नोक्सानी वैशाखमा बढ्यो

कुमारी सबल योजनाको नोक्सानी वैशाखमा बढ्यो

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी सबल योजनाको नोक्सानी चैतको तुलनामा वैशाखमा बढेको छ । चैत  मसान्तसम्म ५४ लाख ८९ हजार रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजना वैशाख मसान्तसम्म ७२ लाख ४७ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको हो । 

चैत मसान्तसम्म ८ लाख २४ हजार रूपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको योजनाले वैशाख मसान्तसम्म २ लाख २९ हजार रूपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको हो । खर्च रकम भने चैत मसान्तसम्म ६३ लाख १४ हजार रूपैयाँ रहेको थियो भने वैशाख मसान्तसम्म ७४ हजार ७६ रूपैयाँभन्दा बढी रहेको छ ।

योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य भने वैशाख मसान्तसम्म ९ रूपैयाा ९० पैसा रहेको छ । चैत मसान्तसम्म भने यो मूल्य ९ रूपैयाँ ९३ पैसा रहेको थियो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ७ करोड ४४ लाख ७५ हजार ७० इकाई जारी गरेको थियो ।  

योजनाले वैशाख मसान्तसम्म धितोपत्रमा र बैंक मुद्दती निक्षेपमा गरेको लगानीको परलमूल्य धितोपत्र कमिसन समेत ३१ करोड १३ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले बैंक मुद्दती निक्षेपमा ८ करोड रूपैयाँ लगानी गरेको छ । बैंक मुद्दती निक्षेप समेत योजनाले धितोपत्र गरेको लगानीको बजारमूल्य भने ३० करोड ८४ लाख ४५ लाख रूपैयाँ रहेको छ ।