शीर्षकहरू

सीप मेलाको दोस्रो चरणको तालिम आइतबारदेखि, एक हजार १३५ जनाको कोटा

सीप मेलाको दोस्रो चरणको तालिम आइतबारदेखि,  एक हजार १३५ जनाको कोटा

काठमाडौं। काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सीप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण भोलि सकिँदैछ ।

वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु सुरु भएका थिए । यस चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो । यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी भएका छन् । ३० दिन र १५ दिनको तालिम अवधिमध्ये भोलि १५ दिनको अवधि सकिनेछ । आज र भोलि तालिम सम्पन्न भएका प्रशिक्षार्थीहरुको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण सञ्चालन भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रमअन्तर्गत आज ६४६ जनालाई कार्यक्रममा सहभागी गराइएको छ ।

दोस्रो चरणको कक्षा ज्येष्ठ ६ गते आइतबारबाट सुरु हुने महानगरले जनाएको छ । यसमा १ हजार १३५ जनाको कोटा छ । यसका लागि १ हजार २६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत तालिममा आउन अनुरोध गराइएको छ ।