शीर्षकहरू

सिरोहिया पक्राउबारे प्रधानमन्त्रीले भने– यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई

सिरोहिया पक्राउबारे प्रधानमन्त्रीले भने– यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाको पक्राउका विषयमा धेरै होहल्ला गर्नपर्ने विषय नभएको बताएका छन् ।

बुधबार ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादपछि सञ्चारकर्मीलाई उनले सिरोहियालाई अदालती प्रक्रियाबाटै छानबिन अघि बढेको प्रतिक्रिया दिए । उनले भने, 'अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई ।'

उनले सरकारले कान्तिपुरसँग रिसइबी साध्यो भन्नु गलत भएको बताए । उनले भने, 'उहाँसँग केको रिसइबी ?' गृहमन्त्री रवि लामिछाने प्रतिशोधमा उत्रिएको भन्ने छ नि भनी सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले त्यो मान्छेले भन्ने कुरा मात्रै भएको बताए ।  'अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ । यो हल नै भइहाल्छ ।'