शीर्षकहरू

सरकारले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई मासिक भत्ता दिने

सरकारले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई मासिक भत्ता दिने

काठमाडौं । सरकारले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने दुई सय ५५ खेलाडीलाई आजीवन मासिक जीवन वृत्ति (भत्ता) को व्यवस्था गर्ने भएको छ ।  

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभामा आज पेस गरेको आर्थिक सर्वेक्षणमा खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्था गरिएको बताए । उनले खेलाडीको क्षमता अभिवृद्धिका लागि मनाङको तिमाङमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको बताए ।

त्यस्तै, प्रत्येक प्रदेशमा एक रङ्गशाला निर्माण गर्ने कार्यक्रमअनुरुप धनगढी, सुर्खेत, नेपालगञ्ज र इटहरीमा खेलमैदान निर्माण कार्य सम्पन्न भइसकेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।   अर्थमन्त्री पुनले एक स्थानीय तह एक खेलग्राम निर्माणका लागि एक सय ७१ पालिकामा खेल निर्माण कार्य भइरहेको जानकारी दिए ।