शीर्षकहरू

सिटिजन्स बैंकको संस्थापक शेयर प्रतिकित्ता १०३ रूपैयाँमै बिक्री खुला

सिटिजन्स बैंकको संस्थापक शेयर प्रतिकित्ता १०३ रूपैयाँमै बिक्री खुला

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडको १३ हजार ३२९ दशमलव २३ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले जेठ १२ गतेदेखि यी शेयर प्रतिकित्ता १०३ रूपैयाँ अंकित मूल्यमा बिक्री खुला गरेको हो । 

यी शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।