शीर्षकहरू

सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश पारितका लागि बोलायो साधारण सभा

सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश पारितका लागि बोलायो साधारण सभा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख २१ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल हैरिसन प्यालेस, विराटनगरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

प्रस्तावित कुल ३५ प्रतिशत लाभांशलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । ५ अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको यस कम्पनीको हाल ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रूपैयाँ चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा १० दशमलव २६ प्रतिशतले हुने ४६ करोड ६३ लाख ७५ हजार ९५७ रूपैयाँ ४६ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ ।

 कम्पनीले कर समेत २४ दशमलव ७४ प्रतिशत नगद लाभांश समेत यस वर्ष वितरण गर्नेछ । उल्लेखित प्रस्तावहरू सँगै चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रूपैयाँ ४६ पैसा कायम हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

 संस्थापक शेयरधनीको तर्फबाट रित्त सञ्चालक पदमा गरिएको नियुक्तिको अनुमोदन पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा वैशाख ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।