शीर्षकहरू

हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीको गत जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन सहितका प्रस्तावहरु पारित गर्न आगामी जेठ २७ गते विहान ११ बजे विशेष साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको मूख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा  विहान ११ बजेदेखि शुरु हुने छ । सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । यसैगरी, सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्तावलाई पारित गर्ने छ  ।

यसैगरी, सभाले संचालक समितिको संरचना परिवर्तन गर्ने सम्वन्धमा पनि छलफल गर्ने छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । कम्पनीले दोलखा जिल्लामा २० मेगावाट क्षमताको सागुँ खोला जलविद्युत आयोजना र ५.५० मेवा क्षमताको सागुँ खोला–१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।