शीर्षकहरू

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सोमबारसम्म कायम शेयरधनीहरूले मात्र पाउने

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सोमबारसम्म कायम शेयरधनीहरूले मात्र पाउने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको ५ प्रतिशत लाभांश चैत १२ गते सोमवारसम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका छन् । कम्पनीले प्रस्तावित लाभांश र साधारण सभा प्रयोजनका लागि चैत १३ गते एक दिन बुक क्लोज गर्ने भएकाले चैत १२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन ।

गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रूपैयाँ रहेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत २७ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । स्वतन्त्र सञ्चालक नियुक्तीको विषयलाई समेत सभाले अनुमोदन गर्नेछ । 

संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकमध्ये एक जना स्वतः मनोनित हुने र बाँकी ३ जना सञ्चालक तथा सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरू निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।