शीर्षकहरू

सानिमा जिआईसीको ३ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सानिमा जिआईसीको ३ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक तर्फको ३ लाख ६४ हजार २८६ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंकको स्वामित्वमा रहेको उक्त शेयर न्यूनतम प्रतिकित्ता १८६ रूपैयाँ अंकित मूल्यमा बिक्रीमा ल्याएको हो ।

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिनुपर्नेछ । आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले कम्पनीको विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।