शीर्षकहरू

रसुवागढी हाइड्रोपावरले बोलायो वार्षिक साधारण सभा

रसुवागढी हाइड्रोपावरले बोलायो वार्षिक साधारण सभा

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार ११ गते दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको छ । जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कण्डलिनी दरबार ब्याङक्वेट, चण्डोल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । 

सभाले आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गनुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालकहरूको बैठक भत्ता तथा सुविधाका सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ । 

सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिना सहित चार जना सञ्चालकहरूको निर्वाचन पनि सभाले गर्नेछ । कम्पनीको सञ्चालक समितिमा रहने दुई जना स्वतनत्र सञ्चालकको मनोनय तथा निर्वाचन समेत सभाले गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा असार २२ गतेसम्म कायम शेयधरनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।