शीर्षकहरू

मुद्रण उद्योग संघ कास्कीले गर्‍यो कामदारहरुको निःशुल्क बीमा

मुद्रण उद्योग संघ कास्कीले गर्‍यो कामदारहरुको निःशुल्क बीमा

पोखरा । मुद्रण उद्योग संघ कास्कीले मुद्रण व्यवसायमा आबद्ध कामदारहरुको निःशुल्क बीमा गराएको छ । 

मुद्रण उद्योग संघ कास्की र नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले संयुक्त रुपमा निकालेका नयाँ वर्ष २०८१ को वार्षिक टेबल क्यालेण्डर सार्वजनिक कार्यक्रममा उक्त सम्झौता भएको हो ।  लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले बीमा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

दुर्घटना उपचार खर्च वार्षिक २० हजार, मृत्यु भएमा १ लाख र दुर्घटना भइ मृत्यु भएमा थप ५० हजार र अपांग (पूर्ण अशक्त) भएमा  ५० हजार को लाभ लिन सकिने गरी बीमा सम्झौता भएको  हो ।