काठमाडौं । भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । जेठ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने र सो प्रस्ताव पारितका लागि विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीको कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे विशेष साधारण सभा गर्ने निर्णय कम्पनीले गरेको हो । कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी बृद्धिको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
आईपीओ जारी गर्ने सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।