शीर्षकहरू

दरपीठविरुद्धको निवेदन दर्ता गर्न आदेश

दरपीठविरुद्धको निवेदन दर्ता गर्न आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा दिनमणि पोखरेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न आदेश गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बुधबार गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिट निवेदन दरपीठ गर्ने आदेश खारेज गर्दै दर्ता गर्न आदेश गरेको हो ।

अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए ।