शीर्षकहरू

नेशनल लाइफले बिलम्ब शूल्कमा शतप्रतिशतसम्म छुट दिने

नेशनल लाइफले बिलम्ब शूल्कमा शतप्रतिशतसम्म छुट दिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरू जेठ १० गतेदेखि असार १५ गतेसम्म नविकरण गराएमा कम्पनीले शतप्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो ।

कम्पनीले २०७७ साल चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखमा शतप्रतिशत, २०७४ साल चैत २ गतेदेखि २०७७ साल चैत १ गतेसम्म व्यतित भएका बीमालेखमा ७५ प्रतिशत र अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७४ साल चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरू नविकरण गराएमा ६० प्रतिशत छुट दिने भएको हो ।  

नविकरण मितिले दुई वर्षभित्र अवधि समाप्ती हुने बीमालेखहरूको हकमा बिलम्ब शुल्क छुटको सुविधा नपाउने भनाई कम्पनीको छ । एक पटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितहरूलाई पुरा बीमा अवधिभर पुनः छुट नदिने भनाई समेत कम्पनीको छ ।