शीर्षकहरू

मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्यो

मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्यो

काठमाडौं । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।    
   
शुक्रबार दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग  सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा र कर्णाली प्रदेशको एक र दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा र कर्णाली प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।