शीर्षकहरू

संसद्‌मा सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेल, नाराबाजीकैबीच अर्थमन्त्रीले पेस गरे आर्थिक सर्वेक्षण

संसद्‌मा सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेल, नाराबाजीकैबीच अर्थमन्त्रीले पेस गरे आर्थिक सर्वेक्षण

काठमाडौं । जारी प्रतिनिधिसभा बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ । सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गर्दै आएको कांग्रेसले नाराबाजी गर्दै संसद्‍मा विरोध गरेको थियो ।

कांग्रेससहितका विपक्षी दलहरुको विरोधका बीच अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८०/ ८१ आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गरेका छन् ।

अर्थमन्त्री रोस्ट्रमतर्फ जाँदा प्रतिपक्षले वेल घेराउ गरेर रोक्ने प्रयास गरेका थिए । त्यसैक्रममा कांग्रेस र नेकपा एमालेका सांसदबीच धकेलाधकेल भएको थियो ।

पछि मर्यादापालक र सत्तापक्षका सांसदको सहयोगमा अर्थमन्त्री पुन रोस्ट्रममा पुगेका हुन् ।