शीर्षकहरू

एक महिनामै दुई दर्जन सहकारी कालोसूचीमा, कुन कुन परे ?

एक महिनामै दुई दर्जन सहकारी कालोसूचीमा, कुन कुन परे ?

काठमाडौं । एक महिनामै दुई दर्जन सहकारी कालोसूचीमा परेका छन् । लिएको कर्जा समयमा भुक्तानी गर्न नसक्ने यस्ता सहकारीहरूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो  ।

केन्द्रका अनुसार गत वैशाख महिनामा २४ वटा सहकारी संस्था कालोसूचीमा परेका हुन् ।  कालोसूचीमा पर्ने सहकारीहरूमा बचत तथा ऋण सहकारीदेखि बहुउद्देश्यीय सहकारीसमेत रहेका छन् । 

वैशाख महिनामा लालीगुराँस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, अनन्त सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, शताब्दी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र सामुदायिक बहुउद्देश्यीय सहकारी लगायत रहेका छन् ।  

एकै दिन सात वटा सहकारी कालोसूचीमा परेका छन् । जसमा रुरल डेभलपमेन्ट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, मित्रमिलन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, टिएमके बहुउद्देश्यीय सहकारी संस्था र शिलादेवी कृषि सहकारी संस्था, स्वयम्भु बचत तथा ऋण सहकारी संस्था लगायत रहेका छन् । यी सहकारी संस्था वैशाख २८ गते एकै दिन कालोसूचीमा परेको कर्जा सूचना केन्द्रको तथ्यांकमा उल्लेख छ । 

हेरौँ, विस्तृतमा