शीर्षकहरू

सुनको मूल्यमा झिनो गिरावट

सुनको मूल्यमा झिनो गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो प्रतितोला एक लाख ४० हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४० हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार ८ सय रुपैयाँ रहेको छ ।    

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।