शीर्षकहरू

पुष्पाञ्जली अस्पतालले समृद्धि फाइनान्सका ग्राहकलाई उपचारमा छुट दिने

पुष्पाञ्जली अस्पतालले समृद्धि फाइनान्सका ग्राहकलाई उपचारमा छुट दिने

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका ग्राहकले चितवनको भरतपुरस्थित पुष्पाञ्जली अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बिहीबार फाइनान्स र अस्पतालबीच द्विपक्षीय छुट सम्झौता भएको हो ।

उक्त सम्झौताअनुसार समृद्धि फाइनान्सका सम्पुर्ण शेयर सदस्य, कर्मचारी तथा खातावालाले शुक्रबारदेखि लागू हुनेगरी आगामी तीन वर्ष (२०८४  जेठ १०) सम्म समृद्धि मोबाइल बैकिङ्ग, डेबिड कार्ड तथा क्युआर प्रयोग गरी अस्पतालको उपचारमा छुट पाउनेछन् ।

सम्झौताअनुसार समृद्धिका ग्राहकले ओपीडी, अस्पतालको आन्तरिक सेवामा (बेड शुल्क, आईसीयु, भिडिओ एक्स-रे, इको, ल्याब, सीटी स्क्यान, एमआरआई आदि) र शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । यसैगरी औषधिमा ३ देखि ५ प्रतिशत छुट पाउने संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत गोर्कण प्रसाद दुवाडीले बताए ।