शीर्षकहरू

आरविवि म्युचुअल फण्ड–२ को परलमूल्यभन्दा बजारमूल्य बढी

आरविवि म्युचुअल फण्ड–२ को परलमूल्यभन्दा बजारमूल्य बढी

काठमाडौं । आरविवि म्युचुअल फण्ड २ को धितोपत्रमा भएको लगानीको परलमूल्यभन्दा बजारमूल्य बढी रहेको छ । वैशाख मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिसन सहित ५८ करोड ९१ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

योजनाले गरेको यो लगानीको बजारमूल्य भने ५९ करोड ५ लाख रूपैयाँभन्दा बढी रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई जारी गरेको थियो । वैशाख मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रूपैयाँ ४१ पैसा कायम भएको छ । चैत मसान्तसम्म यो मूल्य १० रूपैयाँ ५२ पैसा रहेको छ । 

वैशाख मसान्तसम्म योजनाले २ करोड ८३ लाख रूपैयाँ कुल नाफा गरेको छ । चैत मसान्तसम्म योजनाले ३ करोड ६८ लाख रूपैयाँभन्दा बढी यो नाफा गरेको थियो । वैशाख मसान्तसम्म योजनाले ४ करोड १३ लाख रूपैयाँभन्दा जम्मा आम्दानी गरेको छ भने १ करोड २९ लाख रूपैयाँभन्दा बढी जम्मा खर्च गरेको छ । योजनाले वैशाख मसान्तसम्म बैंक मुद्दती निक्षेपमा भने १२ करोड ५० लाख रूपैयाँ लगानी गरेको छ ।