शीर्षकहरू

भारतमा १८ वटा ओटीटी प्रसारणमा रोक, दर्जन एप्स पनि ब्लक

भारतमा १८ वटा ओटीटी प्रसारणमा रोक, दर्जन एप्स पनि ब्लक

एजेन्सी । भारत सरकारले अश्लील सामाग्री प्रसारण गर्ने १८ वटा ओभर द टप (ओटीटी) प्लेटफर्मलाई बन्द गराएको छ । यसको साथै १९ वटा वेबसाइट, १० वटा एप्स र ५७ वटा सोसल मिडिया ह्यान्डललाई समेत ब्लक गरेको छ ।

बिहीबारदेखि प्रसारण बन्देज गरिएका यस्ता एप, सामाजिक संजाल र ओटीटी प्लेटफर्मले अश्लील सामग्री प्रसारण गरी आपत्तिजनक भिडियोहरू पस्कने गरेका थिए । प्रसारणमा रोक लगाउनु अघि त्यस्ता प्लेटफर्मलाई चेतावनी दिएको तर उनीहरूले त्यो चेतावनीलाई बेवास्ता गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कारबाहीमा परेका ओटीटी प्लेटफर्महरूमा ड्रिम्स फिल्म, वूवी, येस्मा, अनकट अड्डा, ट्राई फ्लिक्क्स लगायतका रहेका छन् ।  यी साइटहरूले आफ्नो सामग्रीमा शिक्षक विद्यार्थी बिचको सम्बन्ध मात्र नभएर पारिवारिक सम्बन्धलाई समेत आपत्तिजनक रुपमा पेश गर्दै आएका थिए ।