शीर्षकहरू

अनलाईन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ

अनलाईन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ

तनहु । अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । म्याग्दे गाउँपालिका-४ का वडा अध्यक्षको सामाजिक संजाल फेसबुक ह्‍याक गरी लमजुङ मध्य नेपाल नगरपालिका-३ सूर्यपाल एक जना पीडितलाई म्यासेन्जर मार्फत रकम मागेर ठगी गरेको प्रहरीले जनाएको छ । 

 पटक पटक गरी जम्मा १ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा सर्लाही बागमती नगरपालिका-१ बाट पक्राउ गरेको हो ।  उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।