शीर्षकहरू

सहकारी प्रकरण : कांग्रेसको नयाँ प्रस्तावपछि बैठक स्थगित, गृहमन्त्रीसँग सल्लाह गर्नुपर्छ : एमाले

सहकारी प्रकरण : कांग्रेसको नयाँ प्रस्तावपछि बैठक स्थगित, गृहमन्त्रीसँग सल्लाह गर्नुपर्छ : एमाले

काठमाडौं ।  सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ प्रस्ताव गरेको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि नाम सहकारी प्रकरणमा मुछिएकाले नाम उल्लेख गरेर छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको थियो । तर यसअघि बसेका तीनवटा बैठकमा सत्तारुढ दल नेकपा एमाले र रास्वपा सहमत नभएपछि बैठक निष्कर्षविहीन टुंगिदै आएका थिए ।

शुक्रबा बिहान बसेको कार्यदलको बैठकमा कांग्रेस लचक हुँदै रविको नाम उल्लेख नगरे पनि उनी संलग्न सहकारीको नाम उल्लेख गर्नुपर्ने नयाँ प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावपछि बैठक केही समयपछि फेरि बस्नेगरी स्थगित भएको छ । कांग्रेसको उक्त प्रस्तावबारे गृहमन्त्री लामिछानेसँग छलफल गर्नका लागि बैठक केहीबेर रोकेको कार्यदल सदस्य नेकपा एमालेका नेता महेश बर्तौलाले बताए । ‘कांग्रेसले गृहमन्त्रीको नाम नराख्ने हो भने उनको नाम जोडिएको सहकारीको छानबिनबारे नयाँ प्रस्ताव ल्याएको छ । यसबारे गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ, त्यसैले केहीबेर बैठक रोकेका छौं,’ उनले भने ।