काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत सोमबार तय भएको अर्थसमितिको बैठक स्थगित भएको छ । सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयमाथि छलफलका लागि बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो ।
अर्थसमिति सभापति सन्तोष चालिसेले कोरम नपुगे पनि बैठक सुरु गरेका थिए । तर सांसद गंगा कार्कीले बैठक बस्नु मिल्दैन भनेर बाहिरिएपछि अर्का सदस्य सूर्य थापाले पनि बैठक बस्न नमिल्ने बताएका थिए ।
त्यसपछि सभापति चालिसेले बैठक स्थगित भएको घोषणा गरेका हुन् । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सहभागी हुने कार्यतालिका रहेकोमा मन्त्री पौडेल उपस्थित भएका थिएनन् ।