शीर्षकहरू

युनाइटेड इन्स्योरेन्सको हकप्रद भोलिदेखि लिलामीमा

युनाइटेड इन्स्योरेन्सको हकप्रद भोलिदेखि लिलामीमा

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर मंसिर १० गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीले ४ लाख ९९ हजार १९२ दशमलव ६० कित्ता शेयर लिलामीमा बिक्री गर्न लागेको हो । 

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएकाले सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरिद गर्न चाहनेले न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले भाग जाने संख्यामा आवेदन दिन सकिनेछ । मंसिर १७ गतेसम्म बोलपत्र बुझाउन सकिनेछ । 
३० करोड २४ लाख चुक्तापुँजी रहेको यस कम्पनीकोे हकप्रद शेयर बिक्रीपश्चात १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्नेछ ।