काठमाडौं । हङकङ सिक्सेसको क्वाटरफाइनल खेलमा श्रीलंकासँग नेपाल पराजित भएको छ। शनिबार दिउँसो शनिबार हङकङको मङ कुकस्थित मिसन ग्राउन्ड स्टेडियममा भएको तेस्रो क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो।
श्रीलंकाले नेपाललाई १२४ रनको लक्ष्य दिएको थियो उक्त लक्ष्य नेपाल ५ ओभरमा अल आउट हुँदै ८३ रन मात्र बनायो। ओपनर लोकेश बम तेस्रो बलमा र कप्तान सन्दीप जोरा आफ्नो पहिलो बलमै आउट भएपछि रसिद खानले खेललाई नेपालको पक्षमा ल्याउने प्रयत्न गरेका थिए।
चौथो ओभरको अन्तिम चार बलमा उनले लगातार छक्का प्रहार गरे। रसिदले १८ बलमा १ चौका र ८ छक्का प्रहार गर्दै ५५ रन जोडे। विवेक यादव ५ रन बनाएर आउट हुँदा नारायण जोशीले १३ रन जोडे।
बलिङतर्फ लिहुरू समरकुन र थरिन्डु रत्नायकले दुईरदुई तथा धनन्जय लक्षण र लिहुरू मधुसंकाले १र१ विकेट लिए। श्रीलंकाले २ विकेट गुमाएर १२३ रन बनाएको थियो।
बलिङतर्फ प्रतिश जिसी र नारायण जोशीले १र१ विकेट लिए।