शीर्षकहरू

बजारमा पाइने रङ्गी–बिरङ्गी मिठाइप्रति कसरी सजग हुने ?

बजारमा पाइने रङ्गी–बिरङ्गी मिठाइप्रति कसरी सजग हुने ?

काठमाडौं । सामान्यतयाः चाडपर्वमा मिठाइजन्य पदार्थ अधिक प्रयोग गरिन्छ। उपभोक्तालाई आकर्षण गर्न रङ्गीचङ्गी बनाइएका जेरी, लड्डु, पेंडा, लालमोहन, लाखामरी, रसवरीलगायतका मिठाइहरू बिक्रीमा राखिन्छ। 

भिडभाड र हतारका बेला उपभोक्ताले गुणस्तरयुक्त र गुणस्तरहीन उपभोक्ताले छुट्ट्याउन सक्दैनन्। यसैले अखाद्य रङ्ग मिसावट, बासी, म्याद नाघेका कच्चापदार्थ प्रयोग भएका मिष्ठान्न पो छ कि रु यो स्वास्थ्यका लागि कति स्वास्थ्यजनक छ भनेर पनि सजग हुन जरुरी छ। किनभने बजारमा चाडपर्वकै मौका छोपेर कतिपय व्यवसायीले म्याद नाघेका घ्यू, तेल, मसला र खान नमिल्ने रङ प्रयोग गरेको पाइएका छन्।  विशेष गरेर चाडपर्वमा गुणस्तरहीन मिठाइ बिक्री हनु गरेका छन् । मिठाइमा पुरानो तेलको प्रयोग भएको हुनसक्छ ।

सडेगलेको, फोहोरमैला वा विषाक्त अवस्थामा राखिएको खाद्यपदार्थले स्वास्थ्यमा प्रतिकूल असर गर्छ । खाद्य नियमावलीले ११ प्रकारका रङलाई मात्र मान्यता दिएको छ तथापि भरसक रङ प्रयोग गरिएका मिठाइ नखानु नै बुद्धिमानीह न्छ ।  उपभोक्ताहरूले  झलक्क हेर्दा आकर्षक देखिने अखाद्य रङबाट सचेत हुनुपर्छ । रङसँगै अन्य कच्चापदार्थ उपभोग गर्न लायक छ वा छैन, भान्छाको सरसफाइबारे पनि सजग हुनुपर्छ। 

खाद्य नियमावली २०६४ ९पाँचौं संशोधन० अनुसार खाद्य पदार्थमा प्रयोग गर्न स्वीकृत कोलटार रङहरू सिन्थेटिक डाइज, टिक डाइज हुन् । रसायनिक संयोगबाट निर्मित कोलटार रङ वा ती रङहरूको समिश्रण बाहेक अन्य कोलटार खाद्य पदार्थमा प्रयोग गर्न पाइँदैन । कोलटार खानका लागि तयार खाद्य पदार्थमा प्रतिकिलो २ सय मिलिग्राममा नबढाइ प्रयोग गर्न सकिन्छ। 

कोलटार रङ सबै प्रकारको आइसक्रिम, चीज, फुलबाट बनेका परिकार, बिस्कुट, केक, पेस्ट्री, मिठाइ, चिया, कफी, कोक, मदिरारहित पेय वस्तु, कष्टार्ड पाउडर, जेली पाउडर, प्रशोधित वा संरक्षित फलफूल र हरियो सागपात, सुप पाउडर,  सुगन्धित पदार्थ जस्ता खाद्य पदार्थमा मात्र प्रयोग गर्नुपर्छ। पकाएर खानुपर्ने खाद्य पदार्थमा कोलटार प्रयोग गर्न निषेध गरिएको छ। 

बजारमा पाइने यस्ता रङबिरंगी मिठाइ स्वास्थ्यका लागि हानीकारक हुनसक्ने भएकाले त्यसमा बेलैमा सचेत हुनुपर्छ ।