काठमाडौं । दीपावली हरेक धर्म र समाजमा आ–आफ्नै विशेष छन । यस चाडसँग सम्बन्धित विभिन्न विश्वास र परम्पराहरू पनि जोडिएका छन् । दीपावलीमा लक्ष्मी पूजा र दीप प्रज्वलनले यसलाई जोडेको छ । तर, धेरै धर्म र समाजमा भने दीप वा लक्ष्मी पूजासँग मात्र जोडिएको छैन ।
भारतका तेलुगु, मलयाली, सिख, जैन, बौद्ध, बंगाली र सिंधी समाजले परम्परागत धार्मिक रीतिथितिहरूसहित दीपोत्सव गरेर दीपावाली मनाउँछन् । जसमा उनीहरूका आराध्य देवता र गुरुहरूका कथाहरू जोडिएका छ ।
दीपावालीमा सिख समाजको बन्दी छोड्ने दिवसका रुपमा मनाइन्छ । सिख समाजमा मुगल सम्राट जहांगीरले सिखाहरूका ६ औं गुरु हरगोविन्द साहेबलाई ग्वालियरको किल्लामा कैद गरेर बन्दी बनाएका थिए । उनलाई कार्तिक महिनामा अमावस्याको रात बन्दीमुक्त गरिएको थियो । त्यसबेलादेखि दिपावालीलाई सिखहरुले उपहार बिदाको दिनको रूपमा मनाउने गरेका छन् ।
मलयाली समाजले दीपावलीमा भगवान अथ्यप्पाको पूजा गरेर मनाउने गरेका छन् । यो दिन भारतको दक्षिणमा पाइने पकवान बनाएर भवगानलाई अर्पण गर्ने गरेका छन् । विहान सबैको घरघरमा रंगोली बनाइन्छ । घर र मन्दिरमा बत्ती बालिन्छ । केराको पत्तामा प्रसाद बाढिन्छ ।
भारतको तेलंगाना र आन्ध्र प्रदेशका मानिसले दीपावलीलाई एक दिन अगाडि नै नरक पर्वका दिनका रुपमा मनाउँछन्। यस दिन भगवान कृष्णले नरकसुर राक्षसको हत्या गरेका थिए । यस दिन कागजात वा बाँसको प्रतीकात्मक रूपमा नरकसुराको पुतलाहरू बनाएर जलाएपछि घरहरूमा बत्ती बाल्ने गरिन्छ ।
बंगाली समाजमा रातभरि आमा कालीको पूजा गदर्छन भने रातभरी भजनको आराधना गर्ने गर्दछन् । लक्ष्मी पूजा केवल शरद पूर्णिमामा नै गर्ने गरेका छन । दिवालीको रात घर र मन्दिरहरूमा बत्तीहरू बाल्ने गर्छन ।
सिंधी समाजमा सनातन धर्मको जस्तै सिंधी समाजको पनि दीपावलीसँग त्यस्तै सम्बन्ध छ । यस चाडमा सिन्ध नदीको किनारमा बत्तीहरू बाल्ने गर्दछन् । घरहरूमा गणेश र लक्ष्मीको पूजा गर्ने र झ्याल र ढोकामा बत्ती बालेर सजाउने परम्परा रहेको छ । यस दिन समाजका मानिसहरु नदीहरु, पोखरीहरु र तालहरुको किनारमा बत्ती बल्ने गर्दछन् ।
जैन समाज जैन धर्मका सन्तहरूका अनुसार २४ औं तीर्थंकर भगवान महावीरको उद्धार निर्वाण कार्तिक अमावस्यामा भएको थियो । दीपावलीमा भगवान महावीरको पूजा गरेर घर घरमा बत्ती बाल्ने गरिन्छ ।