शीर्षकहरू

टक्सारमा सुनका असर्फी किन्नेको हारालुछ [फोटोफिचर]

टक्सारमा सुनका असर्फी किन्नेको हारालुछ [फोटोफिचर]

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वका अवसरमा सर्वसाधारणको लागि सुनको असर्फी बिक्री गरिरहेको छ । आइतबारदेखि चाादीका सिक्का तथा मेडालियन बिक्री गरिरहेको टक्सार महाशाखाले आज बिहान ११ बजे देखि मौज्दात कायम रहेमा मध्यान्ह ४ बजेसम्म बिक्री गर्ने जनाएको छ । 

सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दरले पहिला आउनेलाई पहिलो प्राथमिकता दिने आधारमा बिक्री गरिरहेको छ । 

धनतेरसमा सुनचाँदीका सिक्का किन्ने चलनअनुसार महाशाखादेखि मुख्य सडकसम्म सर्वसाधारणको भिड देखिएको छ । महाशाखाले करिब १४०० सय थान असर्फी बेच्न लागेकोमा बिहानैदेखि असर्फी किन्न मानिसहरू लामबद्ध भएका छन् ।

२.५ ग्राम असर्फीको मूल्य ३६ हजार ८६५ रुपैयाँ तोकिएको छ ।