शीर्षकहरू

फरार जिबीसहित साहारा सहकारीका १७ जनाविरुद्ध मुद्दा दर्ता

फरार जिबीसहित साहारा सहकारीका १७ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । सहकारी ठगी आरोपमा फरार रहेका जितेन्द्रबाबुर (जिबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको छ । चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

उनीहरुविरुद्ध सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको छ । राई यस सहकारीको अध्यक्ष रहेका थिए । उनीसहित सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरविरुद्ध मुद्दा दायर भएको छ ।  

उनीहरुले ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन गरेको जिल्ला सरकारी वकिल कार्यालय चितवनको निष्कर्ष छ । जुन रकम ४ सय ४६ बचतकर्ताको रहेको अभियोगपत्रमा उल्लेख छ ।