शीर्षकहरू

कुम्भराजको बयान– ज्योतीबाट अपचलन भएको रकम फिर्ता भए सहकारीको समस्या समाधान हुन्छ

कुम्भराजको बयान– ज्योतीबाट अपचलन भएको रकम फिर्ता भए सहकारीको समस्या समाधान हुन्छ

काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले ज्योती गुरुङबाट अपचलन भएको रकम फिर्ता भए समस्या यस सहकारीको समस्या समाधान हुने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिसँग उनले यस्तो बताएका हुन् । 

समितिले लिएको बयानमा उनले भनेका छन्, ‘ऋण, जोखिम कर्जा उठाउन सकियो र ज्योती गुरुङबाट अपचलन भएको रकम फिर्ता गर्न सकियो भने समस्या समाधान गर्न सकिन्छ ।’ संस्थाका सञ्चालक समितिका ९ सदस्यसहित धनराज गुरुङ र उनकी श्रीमती ज्योती गुरुङ बसेर संस्थाको समस्या समाधान गर्ने मौखिक प्रतिबद्धता भएको तर हालसम्म पुरा नभएको उनले बयानका क्रममा भनेका छन् । 

ज्योती यस संस्थाकी महाप्रबन्धक रहेकी थिइन् । उनले त्यति ठूलो रकम कसरी अपचलन गरिने भन्ने समितिको प्रश्नमा कुम्भराजले भनेका छन्, ‘ज्योती गुरुङले संस्थाको नाममा लिएको १२ करोड ५० लाख रकम बैंककमा बस्ने कास्कीमा ज्योती बहादुर भण्डारी मार्फत बिटक्वाइनमा लगानीको लागि हङकङ पठाएको भन्नेसम्म मैले बुझेको छु । ज्योती बहादुर भण्डारीले मलाइ टेलिफोन गरि ज्योती गुरुङको पैसा म तिर्छु, उहाँलाई केही नभन्नुस् समेत भनेका छन् ।’ 

विस्तृतमा हेरौँ, उनको बयान