शीर्षकहरू

सहकारीकाे बचत हिनामिना प्रकरणः यी हुन् फरार २९ जना

सहकारीकाे बचत हिनामिना प्रकरणः यी हुन् फरार २९ जना

काठमाडौं । ‘बचतकर्ताको रकम रकम हिनामिना, सञ्चालक फरार र पक्राउ’ यी  विषय आम बनिसकेको छ । अहिले सहकारी सञ्चालक फरार र पक्राउ परेको घटना नयाँ र नौलो मानिदैन । यीनै विषयले सहकारी क्षेत्र बदनाम छ ।    

हुन पनि ओरियन्टलदेखि शिवशिखर, कान्तिपुर, लालीगुराँस लगायत सहकारीहरूले सदस्यहरूको बचतको रकम खर्लप्पै पारिदिए । काठमाडौं बाहेक विराटनगरको तुलसी, धरानको बराह, बागलुङको इमेज, ललितपुरको देउराली सहकारी संस्थाले पनि बचतकर्ताको रकम हिनामिना गरेको पाइएको छ । सोहि आरोपमा केहि सहकारी सञ्चालकहरु जेलमा रहेका छन् भने अझै सयौँको संख्यामा फरार रहेका छन् ।

सहकारी ठगी गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेदेखि जिबी राईसम्म सहकारी ठगीमा मुछिएका छन् । जिबी राइ लामो समयदेखि फरार सूचीमा छन् ।  

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन २०८१ मा पनि सहकारी ठगी आरोप लागेका २९ जना हाल फरार रहेको उल्लेख छ । जहाँ जिबी राईदेखि सुमेरु बचत तथा ऋण सहकारी संस्थाका भरत महर्जनको परिवारसम्म रहेका छन् ।