शीर्षकहरू

सिईडिबि हाइड्रोपावरको बोनस वापतको कर कम्पनीले नै तिर्ने

सिईडिबि हाइड्रोपावरको बोनस वापतको कर कम्पनीले नै तिर्ने

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कर बापतको रकम तिर्नु नपर्ने भएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गरी कम्पनीले घोषणा गरेको बोनस शेयरको कर बापतको रकम कम्पनीले नै तिर्ने जानकारी दिएको हो ।

कम्पनीले आइतवार साधारण सभाको सूचना प्रकाशित गर्दै ११ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । बोनस शेयरमा लाग्ने कर वापत्को नगद लाभांश घोषणा नभएपछि सामाजिक सञ्जालमा कम्पनीको व्यापक आलोचना भएको थियो । कम्पनीले प्रेस विज्ञप्तिमार्फत स्पष्ट पार्दै आयकर ऐन २०५८ को दफा ५४ (३) बमोजिम कर कट्टीपछि प्राप्त लाभांश आम्दानीबाट लाभांश वितरण गर्दा पुनः कर तिर्नु नपर्ने प्रावधान छ । 

सोही प्रावधान अनुरूप अघिल्लो साधारण सभामा बोनस शेयर बापत करको लागि छुट्याइएको रकम नै आगामी साधारणसभा स्वीकृति हुने बोनस शेयरको कर तिर्न समेत पर्याप्त हुने हुँदा बोनस शेयर बापतको रकम शेयरधनीले नभई कम्पनीले नै तिर्ने स्पष्ट पारेको हो । 

कम्पनीले ११ प्रतिशत बोनस शेयर जारी गरेपछि कायम रहेको चुक्ता पूँजीको ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसमेत साधारण सभामा पेश गरेको छ ।