काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालको शुक्रबार सम्पन्न ३२ औं बार्षिक साधारण सभाले दिलिप बादेलाई निर्बाचित गरेको हो । बादेले अध्यक्ष पदमा भएको निर्बाचनमा निर्बतमान अध्यक्ष मिन बहादुर तामाङलाई पराजित गरेका हुन् । यसैगरी बरिष्ठ उपाध्यक्षमा राजेश भक्त श्रेष्ठले सिताराम पन्त र उपाध्यक्षमा राम बहादुर तामाङले बिश्वमणि पोखरलेलाई पराजित गर्दै निर्बाचित भएका हुन् ।
अन्य कार्यसमितीका पदहरु भने निर्बिरोध भएका थिए । निर्बिरोध निर्बाचित हुनेहरुमा क्रमशः महासबिमा हिरामणि शर्मा, सचिबमा राजु तामाङ, कोषाध्यक्षमा राज कृष्ण बजगाइ रहेका छन् । सदस्यहरुमा कृष्णराम थापा, सुमन महर्जन, इन्द्र कुमार श्रेष्ठ, मन्दिर श्रेष्ठ, उत्तम तिमिल्सिना, रन्जिता जिमी र कमला लामा निर्बिरोध निर्बाचित भएका छन् ।
नयाँ बनेको कार्यसमितीलाई निबर्तमान अध्यक्ष मिन बहादुर तामाङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । नबनिर्बाचित अध्यक्ष बादेले निर्बाचित गराउन सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गर्दै पुष्प ब्यबसायको बिकास बिस्तार र दिगोपनका लागि सबै पुष्प ब्यबसायी एक ढिक्का भएर लाग्नु पर्ने समय आएको बताए ।